झापा । बालिका बलात्कारको अभियोगमा शिवसताक्षीबाट एकजना पक्राउ परेका छन् ।

स्थानीय १३ बर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा शिवसताक्षी-८ डुडामारी बस्ने सन्तविर लिम्बु सम्वाहाम्फे पक्राउ परेका हुन् ।

सम्वाहाम्फेले मंसिर ५ गते साँझ ललाई फकाई शिवसताक्षी-८ इमानसिंह चौकमा रहेको कल्भर्टमा लगेर जबरजस्ती कारणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

पीडितको उजुरीपछि प्रहरीले सम्वाहाम्फेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।