बिर्तामोड । झापाको अर्जुनधारा-५ बिहिबारेका योगराज दाहालको गाई गोठमा आगलागी भएको छ ।
राती ९ बजे १ तले गाई गोठमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड नपाको दमकल, प्रहरी र स्थानीय बासिको सहयोगमा उक्त आगो साढे ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट पराल काठपात र ३५ मन धान गरी एक लाख रुपैया बराबरको धनमाल नष्ट भएको छ ।



















