बिर्तामोड । जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट फरार अर्जुनधाराका एकसहित दुईजना पक्राउ परेका छन् ।

लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका अर्जुनधारा-७ कमलडांगी घर भएका बुद्धि प्रसाद चम्लागाई पक्राउ परेका छन् ।

चम्लागाईँलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएर इप्रका अनारमनीमा राखिएको छ ।

यसैगरी लागूऔषध मुद्दामा पक्राउ परेर दमक प्रहरीको हिरासतबाट फरार एकजना पक्राउ परेका छन् ।

गौरादह-१ घर भएका सुशील कुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनमा उनी हिरासतबाट फरार भएका थिए ।

उनलाई घरमै बसिरहेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनामाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।