झापा । जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर-४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको छ ।

आज बिहान बाहुण्डाँगीस्थित खड्का डाँडामा नाम, थर र ठेगाना नखुलेका भारतीय मुलकाे जस्तो देखिने अन्दाजी ५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंग उनकाे जम्काभेट भएपछि हात्तीले आक्रमणमा गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बाहुण्डाँगी क्षेत्रमा मागी खाएर हिड्ने गरेकाे भएपनि उनको पहिचान थाहा भएकाे छैन । प्रहरीले भारतकाे सुरक्षा स‌यन्त्रसँग घटना बारे समन्वय गरिरहेकाे जनाएकाे छ ।