बिर्तामोड । झापाको बाह्रदशीमा पोखरीमा डुबेर एक बृद्वाको मृत्यु भएको छ ।
बाह्रदशी-५ बुधबारेका ६६ बर्षकी नंगमाया तामाङको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मानसिक सन्तुलन ठिक नभएकी उनी घरबाट निस्केर प्रगति ईटाभट्टा उद्योगले निर्माण गरेको पोखरीमा डुबेको अवस्थामा फेला परेकी थिईन ।
ईटा निर्माण गर्ने प्रयोजनका लागि निर्मित पोखरीमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।



















