अर्जुनधारा । झापाको अर्जुनधारामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
हिजो साँझ ७ बजे अर्जुनधारा-२ लाप्चेटार बस्ने बर्ष अन्दाजी ६५ को यम बहादुर लाय मगरको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही स्थानमा रहेको आफ्नै पुरानो घर जान्छु भनी हिडेकोमा घर फर्केर नआएकोले खोजतलाश गर्ने क्रममा सोही स्थानको शान्ति सामुदायिक वन भित्र उनको शव फेला परेको हो ।
अन्दाजी ६०/७० फिट अग्लो भिरबाट लडेर मृत अबस्थामा फेला परेको बताइएको छ ।



















