झापा । झापाकाे दमकमा गएराति माेटरसाइकल अनियन्त्रित भएर ढलमा पस्दा एकजनाकाे मृत्यु भएकाे छ । 

दमक-७ लालिगुरास टोल स्थित भित्री सडक खण्डमा हनुमान मन्दिर तर्फबाट रतुवापुल तर्फ जादै गरेको जस्तो देखिने बागमती प्रदेश -०२-०१७ प ३३४४ नम्बरको २२० CC को पंल्सर मोसा बाटोको पुर्व पट्टी पानी भएको ढलको नाला भित्र पसेर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा माेटरसाइकल चालक कमल-६ बस्ने  बिनोद राईको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ।   घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।