बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताक‍ो बुधबार भएको खेलमा वडा न ५ ले सहज जितका साथ सेमिफाइनलको यात्रा तय गरेको छ । 

वडा न ५ ले वडा न १ लाई ५-३ गोल अन्तरले हरायो ।  वडा न ५ का विवेक तामाङले-२, सुजन विक, नगेन्द्र खत्री र अंकुर खड्गीले समान १ गोल गरे । 

वडा न १ का रितिन मगर, विपिन गौतम र असिमजंग कार्कीले मात्र गोल गर्न सफल भए । सेमिफाइनलमा वडा न ५ ले वडा न तिनसँग प्रतिष्पर्धा गर्ने छ । 

खेलको प्लेयर अफ द म्याच वडा न ५ का विवेक तामाङ भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । बिहीबारको पहिलो सेमिफाइनल खेल वडा न १० र वडा न ७ बीच हुने छ । 

दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा वडा ५ विजयी भएको छ । वडा न ५ ले १ लाई २-१ गोल अन्तरले पराजित गर्दै  सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । 

खेलको पहिलो मिनेटमै वडा न १ ले अग्रता लिएको थियो । वडा न १ का अर्जुन एक्तेनले डि बक्समा पाएको बललाई वान टचमा गोल गर्दै खेललाई १-० को स्थितिमा पुर्याए । 

त्यसको एक मिनेेटमै वडा न ५ ले खेल बराबरी गर्यो । वडा न ५ का लागि नरेन लिम्बूले पहिलो गोल गरे । 

वडा न ५ का लागि अंकुर खड्गीले गरेको गोल खेलको निर्णायक बन्यो । सेमिफाइनलमा वडा न ५ ले वडा न ३ को सामना गर्ने छ । 

खेलको प्लेयर अफ द म्याच वडा न ५ का अंकुर खड्गी भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । 

भेट्रान्स अन्तरगतको बिहीबार पहिलो सेमिफाइनल खेल वडा न वडा न ६ र वडा न १० बीच हुुने छ । 

आजको खेलसँगै बिर्तामोड नगर खेलकुद विकास समितिका आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ ।