बिर्तामोड । घरमा खेल्ने क्रममा रेलिङबाट लडेर  बिर्तामोडमा एकजना बालकको मृत्यु भएको छ । 

पुस २ गते ८ बजेको समयमा बिर्तामोड-४ आगमनटोल बस्ने राम कुमार कार्कीको ६ बर्षका छोरा रियान्स कार्कीको मृत्यु भएको हो ।

आफ्नै ३ तले घर माथी रेलिङमा खेल्ने क्रममा अचानक भुईमा लडेर गम्भीर घाईते भएका उनको बिर्तामोडमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।