बिर्तामाेड । झापाकाे अर्जुनधारा-१ का राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेकाे छ । बैकिङ कसुर मुद्दामा कार्कीलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

ललितपुर जिल्ला अदालतबाट बैकिंङ कसुर मुद्दा चलेर फरार रहेका प्रतिवादी कार्कीलाई हिजाे प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ । कार्कीका बारेमा थप अनुसंधानको लागि इप्रका अनारमनी पठाइएकाे जनाइएकाे छ ।