बिर्तामोड । झापाको बिर्तामोडस्थित ससुराली आएको समयमा ज्वाईं पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार बिर्तामोड-१ मा रहेको ससुराली घरमा बसिरहेको समयमा भद्रपुर-६ बस्ने अच्युत अधिकारी पक्राउ परेका हुन् ।
जिप्रका सुनसरीको ७९४९ को पत्र अनुसार बैकिङ कसुर सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो । प्रहरीले पत्र काटेकै दिन अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।



















