झापा । झापामा माछाको पैसा नतिर्दा एकजनामाथि निर्घात कुटपिट भएको छ ।
माछाको पैसा नतिरेको अभियोगमा भद्रपुर-७ बोक्तोबारी बस्ने बिदेशी राजवंशीलाई कुटपिट भएको हो ।
माछा काट्दा ठोक्ने काठको मुङगरोले राजवंशीको निधारमा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
उनको उपचार गरेर घर लगिएको छ । पिडक फरार रहेको हुनाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।



















