बिर्तामोड । काठमाण्डौबाट भद्रपुर आएको बुद्व एयरको जहाज मद्रपुरस्थित धावनमार्गमा ओभर रन भएर जोतिंदा ७ जना यात्रु घाइते भएका छन् ।

हिजो राति ९ बजेर १० मिनेटमा अवतरण गर्ने क्रममा झापा भद्रपुर-८ स्थित भद्रपुर एयरपोर्टमा ओभर रन भएर बुद्द एयरको एटिआर ७२ बुद्व ९०१ जहाज जमिनमा जोतिएको थियो ।

धावनमार्गबाट पुर्वतर्फ ओभर रन भई ३०० मिटर पुर्वपट्टि भासिएको बिमानमा एक ईञ्जिनियर, ५ जना क्रु मेम्बर र ५१ जना यात्रु सवार थिए ।
विमानमा सवारमध्ये एकजना को पाइलक र ६ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिमानका को पाइलट ललितपुर महानगरपालिका-४ बस्ने सुशान्त श्रेष्ठ, भद्रपुर-१०- सबिन जोगी, बिर्तामड-७ बस्ने प्रेसिषा अधिकारी, बिर्तामोड-१ बस्ने सुमित्रा जोगी, दमक-१ बस्ने कमल प्रसाद कटुवाल, काठमाण्डौ-१६ बस्ने मुना घतानी र प्रिया घतानी सामान्य घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय ओमसाई हस्पिटलमा उपचार भईरहेको छ । विमान दुर्घटना लगत्तै झापाका एसपी राजन लिम्बु नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेर उद्दारको काम गरेको थियो ।



















