बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले गएराति तीनवटा डान्सबारमा छापा मारेर ९ वटा वकिटकी नियन्त्रणमा लिएको छ ।
राती १२ बजेको समयमा बिर्तामोडका जन्नत, द नाइट लाइफ र तृष्णा नामका डान्सबारमा छापा मारेको प्रहरीले उनीहरूले चलाउँदै आएको वकिटकी नियन्त्रणमा लिएको हो ।
डिएसपी विजय श्रेष्ठको टोलीले चेकजांच गर्दा वकिटकी हेन्डसेट फेला परेको हुँदा आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



















