बिर्तामोड । गस्तीमा रहेको प्रहरीको मोटरसाइकललाई बसले ठक्कर दिदा एकजना प्रहरी घाइते भएका छन् ।
हिजो साँझ शिवसताक्षी-१० कन्काई पुल नजिक पुर्व- पश्चिम सडक खण्डमा दुर्घटना भएको थियो । अस्थायी प्रहरी चौकी माईधारबाट कन्काई पुल तर्फ गस्ति गर्दै जादै गरेको बा २ ब ५६०२ नम्बरको मोटरसाइकललाई बिर्तामोडबाट बिराटनगर तर्फ जाँदै गरेको को १ ख ७४८१ न. को बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा प्रहरी सहायक हवल्दार योगेन्द्र कार्की घाइते भएका छन् । उनको दाहिने हातको कुहिना खुस्किएको छ । उनको बिर्तामोडमा उपचार भइरहेको छ ।
ठक्कर दिने बसका चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



















