बिर्तामोड । सुखानीको बनक्षेत्रबाट गैरकानुनी रुपमा माटो उत्खनन् गर्ने दुईवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो बेलुका कन्काई-७ दुर्गापुर बजार स्थित रहेको एसियन हाईवे निर्माणमा सुखानी बनबाट अबैध रुपमा माटो ल्याउने टिप्पर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कुनै कागज पत्र नरहेकोले प्र२-०३-००१ ख ३०४९ र प्र२-०३-००१ ख ३२६८ नम्बरको २ वटा टिपर नियन्त्रनमा लिई प्रहरी बीट दुर्गापुरमा ल्याएर राखिएको हो ।



















