बिर्तामाेड । सुविधा सम्पन्न अस्पतालकाे केन्द्र रहेकाे झापाकाे बिर्तामाेडमा आगामी बैशाखदेखि अर्काे अस्पताल सञ्चालनमा आउने भएकाे छ । बि्तामाेड-५ हर्कलाल राेडमा अर्काे सुविधासम्पन्न ' नागरिक अस्पताल' सञ्चालनमा आउने भएकाे हाे ।
नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडकाे मातहतमा सञ्चालन हुने नागरिक अस्पतालले सुलभ दररेटमा स्वास्थ्य उपचार प्रदान गर्ने तयारी गरेकाे छ । संस्थाकाे ५ औं बार्षिकाेत्सबकाे अवसरका आयाेजित साधारणसभाका अवसरमा अस्पताल सञ्चालनकाे तयारी तिब्र बनाइएकाे जनाइएकाे छ ।
'अहिलेसम्म यस अस्पतालमा ३०० भन्दा बढी शेयर सदस्य बन्नु भएकाे छ, अस्पताल सञ्चालकमध्येका एकजना कृष्ण पाैडेलले भने-'अब निर्माणकार्य धमाधम अघि बढाएर बैशाखदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउँछाैं ।' अस्पताल सञ्चालनकाे लागि त्यस स्थानमा ११ कठ्ठा जमिन २५ बर्षकाे लागि भाडामा लिइएकाे छ ।
बिर्तामाेडमा करिब १ दर्जन सुविधा सम्पन्न अस्पताल सञ्चालनमा छन् । पूर्वकै चर्चित बीएण्डसीदेखि कनकाई, मनमाेहन, बिर्तासिटी, मेची आँखा अस्पताल यहाँका प्रमुख उपचारकाे केन्द्र हुन् । यसका अतिरिक्त आधार, सञ्जिवनी, दृष्टी आँखा अस्पताल, बिर्तामाेड आँखा अस्पताल, कञ्चनजंघा माेडेल हस्पिटल, मेडिका हस्पिटल तथा सरकारीमा नगर अस्पताल यहाँ सञ्चालनमा रहेका छन् ।
उपचार केन्द्रकाे हब बन्दै गएकाे बिर्तामाेडमा नयाँ हस्पिटल थपिएसँगै आधुनिक उपकरण तथा सुविधा पनि थपिन थालेका छन् । बिरामीकाे आर्थिक अवस्थालाई ध्यान दिएर नागरिकले सुलभ दरमा उपचार सेवा प्रदान गर्ने जनाएकाे छ । बिषेशज्ञ डाक्टरकाे सुविधा तथा नेपाल सरकारबाट सञ्चालित बीमा सेवासमेत सञ्चालन गर्ने तयारी अस्पतालकाे रहेकाे काेषाध्यक्ष जीवन खड्काले जानकारी दिएका छन् ।


















