बिर्तामोड । एशियन हाई-वे का लागि माटो तस्करी गर्ने चारवटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो दिउसो झापाको कनकाई-१ काजिचौक टिपरमा अबैध रुपमा माटो उत्खनन गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले प्र.१-०२-०१ क.३७४८, प्र १-०२-००१ क ४३२६, प्र.१-०२-००१ क.४३२५ रना ५ ख ६४९० नम्बरको टिपर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उक्त टिपरका चारजना चालकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका टिपर र चालकलाई आवश्यक कारवाहीका लागि अर्जुनधारा नगरपालिका पठाएको जनाएको छ ।