बिर्तामाेड । झापामा मालपाेत कार्यालयकाे सेवा स्थानीय तहमा प्रक्रिया सुरु भएकाे छ । पहिलाे चरणमा ८ वटा नगरपालिकामा मालपाेत कार्यालयकाे सेवा प्रदान हुन लागेकाे हाे । 

मालपाेत कार्यालयले प्रदान गर्दै आएकाे सेवा प्रदान गर्नका लागि झापाका ८ वटै नगरपालिकाका कर्मचारीलाई तालिम प्रदान गरिने भएकाे छ । आइतबारदेखि आयाेजना भएकाे तालिममा २४ जना  प्रशिक्षार्थी सहभागी रहेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख बिभागले अर्जुनधारामा आयाेजना गरेकाे जग्गा प्रशासन तथा भू-सूचना प्रणाली सञ्चालन सम्बन्धी तालिम अर्जुनधारामा सुरु भएकाे हाे । 

तालिमकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय प्रा. डा. कुमार इङ्‌नामले उद्घाटन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक शिवप्रसाद रेग्मीको अध्यक्षतामा आयाेजित तालिम उद्दघाटन कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख बलदेबसिंह गोम्देन तामाङ, नगर उपप्रमुख खड्गमाया पराजुली, जनप्रतिनिधि, कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे । 

अर्काे चरणमा ७ वटा गाउँपालिकामासमेत याे सेवा प्रदान गर्ने तयारी भइरहेकाे जनाइएकाे छ । कागश्वरी मनहरा नगरपालिकापछि याे सेवा सुरु गर्न लागिएकाे बताइएकाे छ ।