बिर्तामोड । एशियन हाई-वे को पुर्वी खण्डको स्तरोन्नती कार्य बन्द भएको छ । सुरक्षाको बारण देखाउँदै निर्माण पक्षले सडक निर्माणको सम्पुर्ण कार्य बन्द गरेको जनाएको छ ।

काँकडभिट्टा लौकही सडक खण्ड अन्तरगत काँडकभिट्टा पाडाजुँगी खण्डको निर्माण कार्य इभरस्कोन कालिका जेभीले गरिरहेको छ ।
निर्माण पक्षले एक विज्ञप्ती जारी गर्दै आज देखि सडक निर्माणका काम अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।
झापाका केही युवाले सामान ढुवानीमा अवरोध गरेपछि निर्माण कार्य स्थगित गर्नुेको विज्ञप्तिमा उल्लेख छ ।
निर्माण कम्पनीका प्रतिनिधि उज्जवल प्रसाईले जारी गरेको विज्ञप्तिमा माटो बोकेका टिपर, पानी ट्याङकी लगायतलाई निरन्तर अवरोध गर्ने गरिएको आरोप लगाइएको छ ।





















