बिर्तामाेड । एशियन हाई-वे काे निर्माणकार्य गरिरहेकाे एभरस्काेन कालिका जेभीले गैरकानुनी रुपमा सामुदायिक बन क्षेत्रबाट माटाे उत्खनन गरिरहेकाे आराेप लागेकाे छ ।
बिर्तामाेडमा पत्रकार सम्मेलन गरेर बिर्तामाेड र कनकाईका युवाले माटाे खरिदका लागि बिनियाेजन भएकाे रकम दुरुपयाेग गर्दै निर्माण कम्पनीले कुनै कानुनी प्रक्रिया पूरा नगरी बन क्षेत्रबाट माटाे उत्खनन गरिरहेकाे आराेप लगाएका छन् ।
कानुनी प्रक्रिया पुरा नगरी माटाे संकलन गरिरहेकाे थाहा पाएपछि प्रहरीले पुस र माघमा ६ वटा टिपर नियन्त्रणमा लिएकाे छ । प्रहरीले ति मालबाहक सवारीलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाएकाे बताएकाे छ ।
प्रहरीले कानुन विपरीत माटाे संकलन गर्ने टिपर पक्राउ गरेपछि निर्माण कम्पनीले आइतबारदेखि काँकडभिट्टा-पाडाजुँगी खण्डमा निर्माण कार्य स्थगित गर्ने जनाएकाे थियाे । राष्ट्रिय युवा संघका झापा इन्चार्ज खगेन्द्र राज आङ्देम्बे, नेकपाका जिल्ला नेता सुरेश आले र नेपाली कांग्रेसका स्थानीय नेता राजेन्द्र उप्रेतीले माटाे ढुवानीमा अवराेध गरेकाे, सामान बाेक्ने टिपरका चालकलाई दुर्ब्यबहार गरेको लगायतका आराेप लगाउँदै निर्माण कार्य स्थगित गर्ने बताएकाे थियाे ।
आराेपित मध्येका आङदेम्बेले निर्माण कम्पनीले चाेरी तस्करी गरिरहेकाे बताउँदै त्यसलाई नियन्त्रण गर्न स्थानीयकाे टाेलीले सामान्य साेधपुछ मात्र गरिएकाे बताए । उनले निर्माण कम्पनीले भनेजस्ताे कुनै गुण्डागर्दी नगरेकाे बताउँदै कानुनकाे पालना गर्न गराउन खाेज्दा कम्पनीले आफ्नाे सामाजिक जीवनप्रति भ्रम फैलाएकाे बताए ।
'एशियन हाई-वे छिटाे बनाेस भन्ने हाम्राे चाहना हाे, यहाँ धुलाे र डाइभर्सनका कारण धेरैले शास्ती ब्यहाेर्नु परेकाे छ, अर्का युवा सुरेश आलेले भने-'माटाे खरिदकाे रकम बचाएर चुरे दाेहान गरिरहेकाे निर्माण कम्पनीलाई सचेत गराउँदा अफवाह फैलाइयाे । निर्माण कप्पनी र त्यसका प्रतिनिधि उज्जवल प्रसाईलाई कारवाही हाेस ।'
अर्का युवा राजेन्द्र उप्रेतीले निर्माण कम्पनीका गैरकानुनी क्रियाकलाव नियन्त्रणका लागि प्रशासन अगाडि सर्दा स्थानीय युवाहरुलाई दाेषाराेपण गर्नु निर्माण कम्पनीकाे दादागिरी भएकाे बताए । उनले आइइइ नगरी सामुदायिक बन क्षेत्रकाे माटाे उत्खनन गरेर ल्याउने निर्माण कम्पनीलाई कारवाही हुनुपर्ने माग राखे ।
माटाे तस्करीमा मदन भण्डारी सडककाे खुदुनाबारी खण्डमा निर्माण गरिरहेका निर्माण ब्यवसायीकाे समेत संलग्नता रहेकाे पाइएकाे छ । साे कम्पनीले काटेर अर्काे स्थानमा थुपार्न पाएकाे ठेक्का विपरीत एशियन हाई-वे निर्माण कम्पनीलाई माटाे बिक्री गरिरहेकाे खुलेकाे हाे । सराेकारवाला निकायले यस घटनाकाे छानिवन गरेर दाेसीमाथि कारवाही गर्नु पर्ने माग स्थानीयकाे रहेकाे छ ।




















