बिर्तामाेड । मेचीनगरमा चारदिन अघि भएकाे सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाकाे उपचारका क्रममा बुधबार मृत्यु भएकाे छ ।
गत ११ गते दिउँसाे मेचीनगर-७ नमुना टोल स्थित भित्री सडकखण्डमा काकँरभिट्टाबाट भद्रपुर तर्फ जादै गरेको मे ९ प ६३९४ नम्बरको माेटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको प्र.१-०१-०१७ प ४२६५ नम्बरको माेटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा ६३९४ नम्बरकाे माेटरसाइकल चालक बिर्तामोड-७ बस्ने बर्ष ६४ को भोजराज भण्डारी सामान्य घाईते र पछाडि सवार उनकाे श्रीमती बर्ष ५४ की कल्पना भण्डारीको टाउको, शरीरमा चोट लागेर गम्भीर अवस्थामा उपचार भइरहेकाे थियाे ।
उपचारको क्रममा कल्पनाकाे आज बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४३ को युवराज मुखिया र माेटरसाइकल नियन्त्रणमा लिएकाे जनाएकाे छ ।



















