बिर्तामोड । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

उच्च अदालत  इलामको २०८१ साल असोजको फैसलाले एक बर्ष कैद सजाय तोकिएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको  टोलीले झापा गाउंपालिका-२  बस्ने श्यामसुन्दर महतोलाई पक्राउ गरेको जनाएको छ । गाउँघरमा लुकिछिपी वसिरहेको अवस्थामा पक्राउ परेका महतोलाई आजै अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको छ ।