बिर्तामोड । बुद्वशान्तिमा लापरवाही गरेर टिपर चलाउने दुईजना चालक पक्राउ परेका छन् । ओभरटेक गर्ने क्रममा स्कुटीलाई टिपरले ठक्कर दिएपछि प्रहरीले चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्र.१-०१-००१ क. ९१९ नम्बरको टिफर चालक भद्रपुर-३ बस्ने लखीराम हेमरम र ना. ४ ख. २३५८ नम्बरको टिफर चालक बुद्धशान्ति-३ बस्ने सुरेन लिम्बु रहेका छन् ।

हिजो साँझ ६:४५ बजेको समयमा बुद्धशान्ति-३ सयपत्री चोक स्थित मेची राजमार्ग सडकखण्डमा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको ना ४ ख २३५८ नम्बरको टिपरलाई सोहि दिशा तर्फ बाट आउदै गरेको प्र.१-०१-००१ क ९१९ नम्बरको टिपरले ओभरटेक गर्ने क्रम्मा दुर्घटना भएको थियो ।

दुर्घटना हुदा सोहि दिशा तर्फ जादै गरेको प्र.१-०१-०१९ प ५७१ नम्बरको स्कुटरलाई समेतलाई ना. ४ ख. २३५८ नम्बरको टिफरले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटी चालक वसन्त लिम्बू र पछाडि सवार धनमाया लिम्बू घाइते भएका थिए । घाइतेमध्ये भनमायाको उपचार भइरहेको छ । दुर्घटनामा संलग्न टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।