बिर्तामोड । झापाको गौरादहमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा अरु ११ जना घाइते भएका छन् ।

हिजो साँझ ७:२० बजेको समयमा गौरादह-४ रामचन्द्रे खोलाको पुल स्थित भित्री सड्क खण्डमा गौरादहबाट स्कुलचनतर्फ जादै गरेको प्र.न.१-०१-००१ त.९७२० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई पुलबाट खोलामा झरेर दुर्घटना भएको थियोे ।

दुर्घटनामा ट्याक्टरमा सवार  मोरङ रतुवामाई-८ बस्ने बर्ष ३८ की स्वस्तिका मर्डीको निधन भएको छ । गम्भीर घाइते उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङको रतुवामाई-८ बस्ने बर्ष ५० की मुनीमती सतार,  सन्तोषी किस्कु, एतोबार मुर्मु, बिनिता मर्डी, सरिता मर्डी, गंगाराम मर्डी, मेलिना मर्डी, शिला मर्डी, शिवसताषी नपा-९ बैगुनधुरा बस्ने बर्ष १७ को बिजय वास्के, रतुवामाई नपा-८ बस्ने बर्ष २६ की मिना मर्डी र सम्झना मर्डी घाइते भएका छन् ।

उनीहरूको अहिले उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालक चमलाल मुर्मुलाई नियन्त्रणमा लिएको जनाएको छ ।