बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडमा सञ्चालित एउटा बारका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
राति अबेरसम्म सञ्चालन गरेको भन्दै प्रहरीले बिर्तामोड-४ मा सञ्चालित नाइट लाइफ बारका सञ्चालक भरत राजवंशीलाई पक्राउ गरेको हो ।
राति ११:५० बजेसम्म सञ्चालन गरिरहेको फेला परेपछि सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसअघि गत महिना प्रहरीले बिर्तामोडका सो बार र जन्नत बारमा कार्यारत कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । दोस्रो पटक त्यहा गैरकानुनी रुपमा चलाइएका सञ्चार सेट बरामद गरेको थियो ।
राति १० बजेसम्म सञ्चालन गर्ने अनुमति पाएको बार १२ बजेपछि पनि सञ्चालनमा रहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।



















