बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले रातभर सञ्चालन गर्ने बिर्तामोडको तृष्णा डान्सबार सञ्चालकलाई पक्राउ गरेको छ ।

राति १:३० बजेसम्म सञ्चालन गरेको अवस्थामा बिर्तामोडको तृष्णा डान्सबारका सञ्चालक दिपक राजवंंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-४ घर भएका राजवंशीले लामो समयदेखि विर्तामोडमा डान्सबार सञ्चालन गर्दै आएका छन् ।

यसअघि प्रहरीले बिर्तामोडमा सञ्चालन भइरहेको द नाइट लाइफ डान्सबारका सञ्चालकलाई राति अबेरसम्म सञ्चालन गरेको अभियोगमा नियन्त्रण लिएको थियो ।