अर्जुनधारा । झापाको खदुनाबारीमा स्कुटरले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
चारदिन अघि बिर्तामोडबाट खुदुनाबारी जाँदै गरेको प्र.१-०१-०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही स्थानका राजन वाँस्कोटालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडमा उपचार भइरहेको अवस्थामा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने चालक इलाम माइ नगरपालिका-३ बस्ने वर्ष ३५ को अमृता राई र स्कुटी नियन्त्रणमा लिएको जनाएको छ ।



















