अर्जुनधारा । झापाकाे अर्जुनधारामा आज बिहान ट्याक्टरबाट खसेर एकजना कामदारकाे मृत्यु भएकाे छ । 

आज बिहान  ९:४० बजेको समयमा अर्जुनधारा नगरपालिका-७ बिरिङ खोलाबाट बालुवा लाेड गरेर अगाडि बढाउँदै  गरेकाे अवस्थामा डालामा बसेका साेही स्थानका मजदुर सराेज श्रेष्ठ खसेका  थिए । उनलाई बालुवा लाेड गरेकाे ट्याक्टरकाे पछाडिकाे चक्काले किचेकाे प्रहरीले जनाएकाे छ । 

प्र १-०१-००१त ९०१० न. को ट्रयाक्टरको डालामा सवार सोही ट्याक्टरको मजदुर अर्जुनधारा-३ बस्ने हर्क श्रेठको छोरा बर्ष १६ को सरोज श्रेष्ठकाे मृत्यु भएकाे हाे । ट्रयाक्टर बाट खसी पछाडिको चक्काले किचेर तत्काल घाईते भई उपचारको लागी शंकर अस्पताल  शनिश्चरे ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा संलग्न ट्रयाक्टर नियन्त्रणमा लिईएको छ । ट्याक्टर चालक तथा ट्रयाक्टरको साहु अर्जुनधारा-४ बस्ने बर्ष ५६ को अशोकलाल दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।