बिर्तामोड । बिर्तामोड नगपालिका-२ चारपानेमा रहेको ओककार रेडिमिक्स उद्योगमा एक मजदुरको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।

बिर्तामोड-२ चारपाने, लालमाटी स्थितमा रहेको ओमकार रेडिमेन्स कङ्क्रिट उद्योगमा हेल्परको काम गर्ने शिवसताक्षी-४ बस्ने बर्ष २८ को राजिव राजबंशीको करेन्ट लागेर मृत्यु भएको हो ।

मिक्स्चर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टी हान्दा करेन्ट सट भएर अचानक करेन्ट लागि उनी घाइते भएका थिए ।

उनको अस्पतालमा उपचार भइरहेको समयमा राति मृत्यु भएको हो ।