अर्जुनधारा । अर्जुनधारामा शुक्रबार साँझ आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजेको समयमा प्रणामी टोलबाट शनिश्चरे बजार आउदै गरेको प्र १-०१-०१६ प ८८६४ नम्बरको मोटरसाइकल स्थानीय बौद गुम्वा नजिक दुर्घटना भएको थियो ।

दुर्घटनामा अर्जुनधारा-८ बस्ने बर्ष ३२ को साजन गुरङ गम्भीर घाइते भएका थिए । अचानक स्वास्थ्यमा असहज भई रोक्ने क्रममा आफै लडि बेहोस भई तत्काल उपचारको लागि शनिश्चरे अस्पताल पठाईएको थियो ।

शनिश्चरे अस्पतालमा उपचार सम्भव नभएपछि बिर्तामोड पठाइएकोमा उपचारका क्रममा ७:३० बजे उनको मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा राखेको जनाएको छ ।