बिर्तामोड । झापाको हल्दीबारीमा रुखमुनि बसेका एकजनालाई हाँगा झरेर टाउकामा लाग्दा गम्भीर घाइते भएका छन् ।
आइतबार ११ बजेको समयमा हल्दीबारी-५ शान्ति टोलका ललित भुजेल रुखको फेद मुनि बसि रहेको अवस्थामा रुखको हाँगा झरेर टाउकोमा चोट लागेको थियो ।
उनको गम्भीर अवस्थामा ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



















