बिर्तामोड । भारतबाट नेपाल भित्र्याउदै गरेको ठूलो परिमाणको लागूऔषध ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।
हिजो बेलुका ५ बजेको समयमा झापा गाउपालिका-५ बिरिङपुलमा बिआर ३७ भि ४२१२ नम्बरको मोटरसाइकलमाथि शंका लागेर प्रहरीले पछ्याएको थियो ।
मोटरसाइकल नियन्त्रणमा लिने उद्देश्यले बिरिङपुलबाट पछ्याउने क्रममा तीब्र गतिमा गएर बाह्रदशी-३ खड्गे बस्ती जाने बाटोमा मोटरसाइकल छोडर त्यसका चालक मकैबारीमा फरार भएका थिए ।
मोटरसाइकल चेकजाँच गर्दा ९५ ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको थियो । प्रहरीले फरार रहेका व्यक्तिको खोजी कार्य भइरहेको जनाएको छ ।


















