बिर्तामोड । गएराति बर्षासँगै चलेको हावाहुरीेले रुख ढल्दा झापाको हल्दीबारीमा एक किशोरीको मृत्यु भएको छ । 

राती ९ बजेतिर हल्दीबारी-२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीको छोरी वर्ष १७ की आरती राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफनै घरमा सुती रहेको अवस्थमा वर्षा सहितको हावाहुरीले घर नजिकमा रहेको आँपको रूख ढलेर उनलाई किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।