बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले तोकिएको समयभन्दा बढी समय सञ्चालनमा रहेका बिर्तामोडका डान्सबारका ७ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

राति १२ बजेसम्म सञ्चालनमा रहेका बिर्तामोडका होटल, डान्सवाररुबाट प्रहरीले कामदार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ईलामको सुर्योदय-१० घर भई हाल बिर्तामोड-१० बस्ने स्टार डान्सबारका कर्मचारी तारा प्रधान, कचनकवल-४ बस्ने तृष्णा डान्सबारका कर्मचारी सुरेश राजबंशी, ईलामको सुर्योदय-१ बस्ने सुशन लेप्चा, ईलामको माई-७ बस्ने डिडब्लु डान्सबारका कर्मचारी सफल राई, मेचीनगर-१० बस्ने राजकिशोर साह, बिर्तामोड नपा वडा न.४ बस्ने नाईट लाइफ डान्सबारका कर्मचारी युगल चौधरी र मेचीनगर-८ बस्ने गन्तव होटलको कर्मचारी कृतन पौडेल रहेका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि इप्रका अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।