बिर्तामोड । पत्रकारमाथि कुटपिट गर्ने नेकपा एमालेका कमल गाउपालिकाका नेता पक्राउ परेका छन् ।

प्रहरीले बिराटनगरका पत्रकार अर्जुन आचार्यलाई कुटपिट गर्ने नेकपा एमालेका वडा अध्यक्ष युवराज पाठकलाई पक्राउ गरेको जनाएको छ ।

फागुन १४ गते रिपोर्टिङको क्रममा झापा आएका आचार्यलाई कमल गाँउपालिका-६ स्थित सार्वजनिक बाटोमा उनीमाथि कुटपिट गर्दै सञ्चार उपकरण लुटेका थिए ।

पाठकलाई आज इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट फेला पारेको जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।