बिर्तामोड । बिर्तामोडमा एकजनामाथि छुरा प्रहार भएको छ । घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

हिजो साँझ बिर्तामोड-१ बिर्तासिटी अस्पताल नजिक रहेको होटलमा काम गर्ने कामदार दमक-७ बस्ने अभिषेक लिम्बुमाथि छुरा प्रहार भएको थियो ।

'मेरो दिदि सँग किन बोलिस' भन्ने बिषयलाई लिएर सब्जि काट्ने छुराले प्रहार गर्दा बायाँ लिम्बुको तिघ्रामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले छुरा प्रहार गर्ने मेचीनगर-१० बस्ने धिरज गुरुङ र बिशाल चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घाइते लिम्बुको बिर्ता सिटी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।