बिर्तामोड । बैदेशिक रोजगारमा पठाउने भन्दै करोडौं ठगी गर्ने एकजनालाई बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका-५ बस्ने कृष्ण अग्रवालले विदेश पठाईदिन्छु भनेर सयौं सर्वसाधारणको करोडौं ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
अग्रवालले ७० जनाको ३ करोड रुपैयाँ ठगी गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
करिब ३० जनाको समुहले अग्रवाललाई नियन्त्रणमा लिएर इप्रका अनारमनीमा बुझाएको बताएको छ ।
घटनाका विषयमा अनुसन्धान तथा छानबिन भईरहेको प्रहरीले जनाएको छ ।



















