अर्जुनधारा । झापाको अर्जुनधाराबाट ५ लाख मुल्यको कपडासहित २ वटा अटो र त्यसका चालक पक्राउ परेका छन् ।
आज राति २ बजेको समयमा अर्जुनधारा नगरपालिका-६ चिया बगानमा इलाका प्रहरी कार्यालयको टोलीले २ वटा अटोमा शनिश्चरेबाट बिर्तामोड तर्फ आउँदै गरेको कपडा नियन्त्रणमा लिएको हो ।
मे १ ह ६३५५ र मे १ ह ७२९४ नम्बरको टेम्पोमा लोड गरेर बिर्तामोड लाँदै गरेको पर्दा, साडी, कुर्ता सुरुवाल, ढाका लगायतका बिभिन्न किसिमका कपडाहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले टेम्पो चालक मेचीनगर नगरपालिका-७ बस्ने सुबिन्द्र जोगी र भोजपुरको हतुवागडी गाउँपालिका र-५ घर भई मेचीनगर नगरपालिका=७ बस्ने भिमदल राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।




















