झापा । झापाको गौरादह-६ धोपा टोलमा एउटा भान्साघर र गोठमा चट्याङ परेर आगलागी भएको छ ।
राति-९ बजे अजय कुमार झाको भान्साघर र सगैँ जोडिएको गोठमा अविरल बर्षा सहितको हावाहुरीसगैँ परेको चट्याङ परेरआगलागी भएको हो ।
आगलागीबाट भान्साघर र गोठ जलेर पुर्ण रुपमा नष्ट भएको,भान्सा घर भित्र रहेको ग्यास सिलिण्डर, ८० के.जि. चामल, साइकल, बिद्युत मिटर,वाईफाई,राउटर,भाडावर्तन,अन्नपात, फर्निचर र गोठ भित्र रहेको ६ वटा बाख्रा जलेको छ ।
आगलागीबाट २ लाख ५० हजार मुल्य बराबरको धनमाल पुर्णरुपमा जलेर नष्ट भएको छ ।



















