बिर्तामोड । झापा प्रहरीले एकैदिन ७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले झापा जिल्ला अदालत झापाको १ महिना २१ दिन कैद र जरिवाना २० हजार तोकिएको जातीय भेदभाव तथा छुवाछुत मुद्दाको फरार प्रतिवादी दमक-५ बस्ने भिमलाल न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, दमक-९ बाट १ महिना २ दिन कैद सजाय तोकिएका लागूऔषध मुद्दाका फरार प्रतिवादी सुसन बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ज्यान मार्ने उद्योग र डाका मुद्दाको फरार प्रतिवादी जिल्ला झापा दमक-८ बस्ने सुजन सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ५ बर्ष कैद सजाय तोकिएको उनलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बैदेशिक रोजगार कसुरमा झापाको मेचीनगर-५ बस्ने पुस्पलाल घिमिरे पक्राउ परेका छन् । बैदेशिक रोजगार बिभाग काठमाण्डौको अनुरोधमा उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै चोरी मुद्दाका फरार प्रतिवादी भद्रपुर-१० का सुरज दाहाल र आशिष् बाँस्तोला पक्राउ परेका छन् । अदालतमा जनही २०० जरिवाना तिरेर उनीहरु छुटेको जनाइएको छ ।
यता चेक अनादर मुद्दामा शिवसताक्षी-११ बस्ने बर्ष को मदन लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी ४५० रुपैयाँ जरिवाना तिरेर छुटेको प्रहरीले जनाएको छ ।



















