अर्जुनधारा । झापाको अर्जुनधारामा एकदिने 'विकास पत्रकारिता प्रशिक्षण' सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका वडा न ८ को आयोजनामा प्रशिक्षण सम्पन्न भएको हो । नेेपाल टेलिभिजनका निर्देशक डाक्टर टंक उप्रेतीको सहजिकरण रहेको कार्यक्रममा क्रियाशील १६ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

वडाअध्यक्ष कुमार प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार अमित खम्बुले गरेका थिए ।