झापा । इलाका प्रहरी कार्यालय दमकले गएराति ५ जनालाई नियन्त्रणमा लिएको छ।

गएराति करिब ८:३० बजे दमक नगरपालिका–६ क्षेत्रमा स्विप अप्रेसनका क्रममा अनावश्यक रूपमा भेला जम्मा भई होहल्ला गर्ने तथा लागुऔषध सेवनमा संलग्न रहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुलाई फेला पारी इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखेको छ। हाल उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले शान्ति सुरक्षा कायम राख्न यस्ता गतिविधिविरुद्ध निरन्तर कारबाही गर्ने जनाएको छ।