बिर्तामोड । गएराति करिब १० बजे कनकाई नगरपालिका–६, चम्पापुरमा टंकप्रसाद फुयालको गोठमा आगलागी भएको छ । 

आगलागीको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट (अप्रबिट) दुर्गापुर तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो करिब १०:४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

उक्त आगलागीबाट परालको कुनिउ, करिब २० मन धान तथा काठ जलेर अन्दाजी ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनामा मानवीय तथा चौपायामा कुनै क्षति भएको छैन।