बिर्तामोड । हिजो साँझ करिब ५ बजेको समयमा बाह्रदशी गाउँपालिका–२ निवासी सुपोल बास्कीकी श्रीमती वर्ष ३५ की सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार आफ्नै घरमा वाइफाईको प्लग जोड्ने क्रममा अचानक नाङ्गो तारमा छोइँदा उनलाई करेन्ट लागेको हो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी सोही दिन बेलुका १९:४० बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।