बिर्तामोड । गए राति आएको जंगली हात्तीले मेचीनगर नगरपालिका–२ थापा चोकमा एक भान्साघरमा क्षति पुर्याएको छ।

स्थानीय तारा बनको एकतले बाँसको बेराले बनेको भान्साघरमा हात्तीले तोडफोड गर्नुका साथै भित्र रहेका खाद्यान्नसमेत नष्ट गरेको प्रहरीले जनाएको छ। उक्त घटनाबाट करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सम्बन्धित निकायबाट थप निगरानी तथा आवश्यक पहल भइरहेको जनाइएको छ।