बिर्तामोड । मेचीनगर–१२ सयरडाँगी चोकस्थित मेची राजमार्गमा गत जेठ ११ गते मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री निमा तामाङको उपचारका क्रममा मृत्यु भएको छ।
चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले मेचीनगर–१३ निवासी ४४ वर्षीय तामाङलाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको विभिन्न अस्पतालमा उपचार भइरहेको थियो।
आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज लिएर थप उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा जेठ १५ गते उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी २३ वर्षीय नारायण भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।



















