बिर्तामोड ।झापाको अर्जुनधारा नगरपालिका–११ स्थित काली मन्दिर नजिक हिले खोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजो दिउँसो स्थानीय ४४ वर्षीय सागर भनिने डम्बर हस्दाले आफ्नै घरबाट बिजुलीको तार लगेर खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पानीमा डुबेर मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बुट्टाबारी तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















