झापा । इलामको देउमाई नगरपालिका घर भई झापा सुरुङास्थित इलुवाबारीमा भाईको घर बस्दै आएका पदमलाल बास्तोला मृत फेला परेका छन । उनी बुधबार दिउँसो खेतमा जान्छु भनेर हिडेको र साझ सम्म घर नआए पछि खोजि कार्य थालिएको थियो ।
बिहीबार करिव ४ बजे झापाको शिवसताक्षी –१० टेक्रामा कनकाई माई किनारमा रहेको काँस घारीभित्र एक शव भेटिएको र सोधी खोजि गर्दा उक्त शव कनकाई –४ का हराई रहेका व्यक्ति पदमलाल बाँस्तोलाको रहेको खुलेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।
उनको टाउको र अनुहारमा धेरै चोट देखिएको परिवारको भनाई छ । यस विषयमा प्रहरिले अनुसन्धान सुरु गरेको छ ।
बिर्तामोडका डिएसपी कुँवरका अनुसार शव पोष्टमार्टमका लागि धरान पठाइएको छ



















