झापा । प्रहरीले भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा २० लाख मुल्यको कपडा र मोटर पार्टस बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतो र जिल्ला प्रहरी कार्यालय झापाको  संयुक्त टोलीले मेचीनगर नगरपालिका–८ खडियाबस्तीबाट उक्त सामान बरामद गरेको जनाएको छ । 

नरबहादुर कुवरको खाली रहेको गाई गोठमा बेवारिसे अवस्थामा फेला परेको उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उक्त सामान भारतबाट भन्सार छलेर नेपाल ल्याइएको अवस्थामा बरामद गरिएको उनले बताए । 

बरामद सामानमध्ये १९ पोका कपडा र २ पोका मोटर पार्टस रहेको प्रहरीले जनाएको छ । बरामद सामानलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।